जिप दुर्घटनामा सात घाइते

शनिबार, २६ चैत, २०७८
डिजिटल संस्करण

दार्चुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना भएको छ । मार्मा गाउँपालिका– २ सिमारनजिकै सुपप्र ०१–००१ ज १२०८ नम्बरको जिप दुर्घटना भएको हो । लटिनाथ–मकरीगाड सडक खण्डमा भएको जिप दुर्घटनामा परी सातजना घाइते भएका छन् ।

जिप दुर्घटनामा परी दीया धामी गम्भीर घाइते भएका छन् । यस्तै, रतनसिंह धामी, रघुवीरसिंह धामी, जानकी ठगुन्ना, पाना महर, परुली धामी, देवानसिंह ठगुन्ना घाइते भएका छन् । घाइतेहरूको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

जिपचालक देवेन्द्र टमटा फरार रहेको इलाका प्रहरी कार्यालय लटिनाथका सइ ललित थापाले बताए । उनको खोजी भइरहेको छ । 

सुझावित समाचार