सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु

बुधबार, २३ चैत, २०७८
डिजिटल संस्करण

सर्लाहीको मलंगवा नगरपालिका–८ मा अज्ञात समूहको गोली प्रहारबाट एकजनाको मृत्यु भएको छ । बुधबार साँझ अज्ञात समूहको गोली प्रहारबाट भारतको सोनबर्साका इनदल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

साँझ करिब ६ः५० बजे अज्ञात समूहको गोली लागेका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । गोली प्रहार कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान सुरु भएको र फरार रहेको समूहको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । रासस
 

सुझावित समाचार