चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका– ९ बाँदरझुलाका३ ९ वर्षीय सुरेश विक रहेकाे चितवन राष्ट्रिय निकुन्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
भरतपुर महानगरपालिका– २३ स्थित सो निकुन्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो। आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुन्जका सूचना अधिकारी तिवारीले बताए। बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ। विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुन्जले जनाएको छ। रासस
बाघको आक्रमणबाट एकजनाको मृत्यु
सुझावित समाचार
एमाले स्थायी समिति सदस्य प्रदीप ज्ञवाली भन्छन्– राज्यको चरित्र अलोकतान्त्रिक र सर्वसत्तावादी
काठमाडौं/ एमाले स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले समाचारको विषयमा प्रहरीले समाचार कक्षमा पसेर हस्तक्षप गर्नु चरम अलोकतान्त्रिक र…
पत्रकारमाथि सरकारको धरपकड प्रकरण, कांग्रेसले विशेष बैठक बोलायो
काठमाडाैं- सरकारको पछिल्ला गतिविधि र मिडियामाथि भएको धरपकडको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्ष दल कांग्रेसको विशेष बैठक बस्दै …
तोक आदेशमा चुहावट गरेको राजस्व फेरि उठाउँदै दमक नगर
झापा- दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको तोक आदेशका भरमा चुहावट भएको राजस्व उठाउन थालिएको छ । नदीजन्य सामग्री अवैध उत्खन…
धरपकडमा संलग्नलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन
काठमाडाैं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारमाथिको धरपकड र सञ्चारमाध्यमका कार्यालयमा भएको प्रहरी हस्तक्षेपमा संलग्नलाई तत्क…
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
संविधानमाथि कोही छैन र डेमोक्रेसीभन्दा ठुलो केही छैनः रवि लामिछाने(भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछ…
रास्वपा सचिवालय बैठकका चार निर्णय सार्वजनिक
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश द…