डोल्पामा एनटिसीको दुईवटा टावर निर्माण सुरु

सोमबार, १४ चैत, २०७८
डिजिटल संस्करण

हिमाली जिल्ला डोल्पामा एकैपटक दुईवटा टावरको निर्माणकार्य सुरु गरिएको छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत वडा नं १ को कालाजुर र १० को दापुमा इन्टरनेट सेवासहितको नेपाल टेलिकम (एनटिसी)को टावर निर्माण सुरु गरिएको हो।

भरपर्दो टेलिफोन सुविधा नहुँदा वर्षौँदेखि सास्ती खेप्दै आएका नगरवासीका लागि एकैपटक दुईवटा टावर ठड्याउन लागिएको हो। कर्णाली प्रदेश सभा सदस्य वीरबहादुर शाहीको पहलमा टावर निर्माण गर्न लागिएको स्थानीय युवा देवीसर बुढाले बताए।

नागरिकको सञ्चार असुविधालाई मध्यनजर राखेर टावर ल्याउन आफूले विशेष पहल गरेको सांसद शाहीले बताए। टावर निर्माणस्थलको अवलोकनसँगै नागरिकसँग छलफल गर्दै शाहीले अब छिट्टै नागरिकले घर–आँगनबाटै फोन सेवा लिन पाउने बताए।

सुझावित समाचार