आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन : नेता बस्नेत

शनिबार, १२ चैत, २०७८
डिजिटल संस्करण
आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन : नेता बस्नेत

फाइल फाेटाे ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताएका छन्। पर्वत जिल्लाका विभिन्न पालिकाहरूको पालिकास्तरीय भेलामा सहभागी हुन शनिबार पर्वत आएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दल गैरकम्युनिस्ट भएकाले तालमेल नहुने बताए। 

उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा (माओवादी केन्द्र)सहितका कम्युनिस्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेको बताए। निर्वाचनमा स्थानीयस्तरको आवश्यकताअनुसार तालमेल पनि हुन सक्ने बताउँदै उनले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरूलाई आग्रह गरे । रासस

सुझावित समाचार