बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद फैसला

शुक्रबार, ११ चैत, २०७८
डिजिटल संस्करण

१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । शुक्रबार जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको एकल इजलासले पीडितलाई पीडकबाट एक लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउन पनि आदेश गरेको श्रेस्तेदार तीर्थ भट्टराईले जानकारी दिए ।

अदालतले हेटौँडा उपमहानगरपालिका- ११ का ३९ वर्षीय विमल लामालाई १८ वर्ष कैद सजाय सुनाएको श्रेस्तेदार भट्टराईले बताए। अभियुक्त लामाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो। 

लामामाथि २ असार २०७८ मा बालिकालाई हेटौँडा उपमहानगरपालिका- १० स्थित एक होटेलमा लगेर बलात्कार गरेको आरोप थियो । चितवनबाट हेटौँडा घर आएकी बालिका राति बसपार्कमा ओर्लिएकी थिइन् । लामाले बालिकालाई घर पुर्याइदिने भन्दै झुक्याएर होटेलमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। लामालाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ।

See More On

सुझावित समाचार