नेप्से परिसूचक १६ अंकले गिरावट

बिहिबार, १० चैत, २०७८
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक ओरालो लागेको छ। नेप्से १६.६९ अंकले घटेर दुई हजार ६ सय १३.६७ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स  पनि ६.१७ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका दुई सय २४ कम्पनीको ५२ लाख ९८ हजार पाँच सय ४३ कित्ता सेयर तीन अर्ब २४ करोड ८९ लाख ४३ हजार आठ सय २४ रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने आज वृद्धि भएको छ। बुधबार दुई अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचकमा गिरावट आएको छ भने दुईवटा उपसमूह वृद्धि भएको छ। जसमा जीवन बिमा उपसमूहको सूचक दुई दशमलव ५४ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा उपसमूहको सूचक एक दशमलव पाँच प्रतिशतले बढेको छ। 

आज राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै युनाइटेड इर्दी मार्दीको ९.९३ प्रतिशत, ग्रिनलाइफ हाइड्रोपावरको ७.५३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.५९ प्रतिशतले बढेको छ। नेपाल फाइनान्सको सेयरमूल्य चार दशमलव ६७ प्रतिशतले घटेको छ भने सामलिङ पावरको चार दशमलव ६५ प्रतिशतले घटेको छ।

सुझावित समाचार