म्यादी प्रहरी बन्न उत्साहपूर्ण सहभागिता

सोमबार, ७ चैत, २०७८
डिजिटल संस्करण
म्यादी प्रहरी बन्न उत्साहपूर्ण सहभागिता

तस्बिर : अमुल थापा

३० वैशाखको स्थानीय तह निर्वाचनका लागि सरकारले मागेको एक लाख म्यादी प्रहरी भर्नाको पहिलो दिन आवेदन दिनेहरूको उत्साहपूर्ण सहभागिता देखिएको छ । कतिपय प्रहरी कार्यालयमा त बेलुकासम्मै आवेदकको लाइन थियो । पहिलो दिन नै देशभरि ठूलो संख्यामा दरखास्त परेको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।

साधारण लेखपढ गर्न सक्ने १८ वर्षदेखि ५४ वर्षका व्यक्तिले दरखास्त दिन सक्ने प्रावधान छ । तर, कुनै राजनीतिक दलको सदस्यता लिएका र फौजदारी अपराधमा दोषी ठहर भएका अयोग्य हुने प्रहरीले जनाएको छ । सुरक्षा निकायको भर्नामा दरखास्त दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका तथा अवकाशप्राप्त सुरक्षाकर्मीलाई म्यादीका लागि प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, विदेशी सुरक्षा निकायमा काम गरी अवकाश पाएका तथा अघिल्लो निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्ति पनि प्राथमिकतामा पर्छन् । ११ गतेसम्म दरखास्त दिन सकिनेछ । ४० दिनमा म्यादीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, सात हजार दुई सय रासन खर्च र पोसाकबापत ६ हजार पाउँछन् । हजार रुपैयाँ यातायात खर्च पनि पाउनेछन् ।  

सुझावित समाचार