चरेससहित वडासदस्य पक्राउ

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण

दार्चुलामा एक वडासदस्य लागुऔषध चरेससहित पक्राउ परेका छन्। व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी घर भएका मोहनसिंह विष्ट ६ सय १० ग्राम लागुऔषध चरेससहित सदरमुकाम खलंगाबाट पक्राउ परेका हुन्।

सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा राखेको पसलबाट चरेससहित प्रहरीले विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए । प्रहरीले सुराकीको आधारमा पसलबाटै चरेस बरामद गरेको जनाएको छ । विष्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

See More On

सुझावित समाचार