नबिल बैंकले मोबाइल विक्रेतालाई फाइनान्सिङ गर्ने

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण

नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्री–वितरण गर्ने व्यवसायीलाई कर्जा दिने भएको छ । बैंकले विक्रेताको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको हो । 

सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा विक्रेतालाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालू पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सिङ कर्जा सुविधा उपलब्ध गराउने जनाइएको छ । साथै, आफ्नो व्यवसायको आवश्यकताबमोजिम मोबाइल वितरकले बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवा–सुविधा प्राप्त हुने सम्झौतामा उल्लेख छ ।

सम्झौता बैंकका साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख नीरजकुमार बस्नेत (डनिल) र संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौतापछि साना, मझौला तथा लघुवित्त कर्जा प्रमुख बस्नेत (डनिल)ले नबिल बैंक सदैव साना तथा मझौलास्तरका व्यवसायीको दिगो विकासका लागि समय सान्दर्भिक कर्जा तथा सुविधाहरू सरल र सहज किसिमले व्यवसायीको पहुँचमा पु¥याउन निरन्तर लागिपरिरहेको बताए । साझेदारीअन्तर्गत संघसँग आबद्ध भएका नेपालभरि छरिएर रहेका मोबाइल वितरक व्यवसायीको वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।

सुझावित समाचार