नेपालले आज युएईको सामना गर्दै

शुक्रबार, ४ चैत, २०७८
डिजिटल संस्करण
नेपालले आज युएईको सामना गर्दै

युएईको सारजहामा अभ्यास गर्दै नेपाली टोली ।

युएई १८ अंकका साथ तालिकाको दोस्रो र नेपाल १० अंकसहित सिरिजको छैटौँ स्थानमा छ

नेपालले आइसिसी विश्वकप डिभिजन लिग–२ मा पपुवा न्युगिनीमाथि जित निकाल्न निकै मिहिनेत गर्नुपरेको थियो । नेपालले पपुवा न्युगिनीलाई हराउन अन्तिम ओभरसम्म प्रतीक्षा गरेको थियो । युएईमा सञ्चालन भइरहेको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोली युएईसँगै प्रतिस्पर्धा गर्दै छ । सिरिजमा युएईविरुद्धको खेल निकै महत्वपूर्ण मानिएको छ । 

युएईलाई हराउँदा नेपालले अंकतालिकामा सुधार हुनेछ । युएई १८ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । सिरिजमा सबैभन्दा कम खेल खेलेको टोली नै नेपाल हो । नेपालले अहिलेसम्म केवल नौ खेल मात्र पूरा गरेको छ । छैटौँ स्थानमा रहन नेपालले १० अंक जोडेको छ । सिरिजअन्तर्गत आफ्नो ११औँ खेलमा नेपालले युएईविरुद्ध विशेष गरी ब्याटिङमै सुधार गर्नुपर्ने देखिन्छ । पपुवा न्युगिनीमाथि दुई विकेटको कठिन जित निकाल्दा नेपालको ब्याटिङ फितलो रह्यो ।

सिरिजमा सबैभन्दा कमजोर टोली नै पपुवा न्युगिनी नै हो । पपुवा न्युगिनीले अहिलेसम्म १४ वटा खेल नै हारको सामना गरेको छ । बलिङमा कमजोर आकलन गरिएको पपुवा न्युगिनीले नेपालविरुद्धको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको थियो । यसै उत्कृष्ट बलिङका कारण नै नेपालले मध्यम योगफल पछ्याउन ४९.२ ओभरसम्म कुर्नुपरेको थियो । युएईसँगको खेलमा बलिङको भरमा खेल जित्ने नेपालको योजना गलत सिद्ध हुन सक्छ । अन्तर्राष्ट्रिय खेलमा तुलनात्मक रूपमा धेरै अनुभव खेलाडीहरू भरिएको युएईले नेपालविरुद्ध ब्याटिङ र बलिङमा उत्कृष्ट खेल खेल्ने अनुमान छ । 

युएई पनि नेपालमाथि जित निकाली शीर्ष स्थानमा रहेको ओमानसँग अंक दूरी घटाउने दाउमा छ । पछिल्लो समय नेपालको मुख्य समस्या नै ब्याटिङ हो । आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटदेखि नै ब्याटिङ समस्या आइसिसी विश्वकप डिभिजन २ सम्म जारी नै रहेको छ । नेपालका ब्याट्सम्यानले एक रूपमै ब्याटिङ गर्न सकिरहेका छैनन् । पपुवा न्युगिनीविरुद्धको खेलबाहेक ओपनर कुशल भुर्तेल र मध्यक्रमका दीपेन्द्रसिंह ऐरीबाहेक अन्य कुनै पनि ब्याट्सम्यानको प्रदर्शन गतिलो छैन । 

रोहितकुमार पौडेल, आरिफ सेख तथा करण केसीबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले पपुवा न्युगिनीविरुद्ध गतिलो प्रदर्शन गर्न सकेनन् । युएईको बलिङ ब्याटिङलाइन अपविरुद्ध नेपालका भरपर्दा ब्याट्सम्यान चल्नु आवश्यक छ । युएईको घरेलु पिचमा नेपालका ब्याट्सम्यानहरूले खराब सट रोज्नभन्दा सतर्कता अपनाएर खेल्नुपर्ने देखिन्छ । 

डाटा अनुसार अहिलेसम्म एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले युएईविरुद्ध चारपटक प्रतिस्पर्धा गरेको छ । दुवै टोलीले समान दुई जित निकालेका छन् । नेपालले घरेलु तथा तटस्थ भूमिमा एक–एक पटक युएईलाई हराएको छ । युएईले अवे खेलमा नेपालमाथि जित निकालेको छ । नेपाल र युएईबीच पहिलोपटक सन १९९८ मा भएको थियो । यो प्रतियोगिताको आयोजना एसियन क्रिकेट परिषद् (एसिसी) ले गरेको थियो । एसिसी ट्रफीमा पहिलो भेटमै नेपाल युएईसँग ९४ रनले पराजित भएको थियो । नेपालले अन्तिमपटक गत डिसेम्बरमा युएईसँग आइसिसी विश्वकप क्रिकेट लिग च्याम्पिनसिपमा प्रतिस्पर्धा गरेको थियो । दुवैपटक युएईले नेपालमाथि जित निकालेको थियो ।

आइसिसीले आयोजना गरेको लिस्ट ए प्रतियोगितामा नेपालले सन् २०१४ मा युएईविरुद्ध आइसिसी विश्वकप छनोटमा प्रतिस्पर्धा गरेको थियो । सन् २०१४ मा भएको प्रतियोगितामा नेपाल एक सय दुई रनले पराजित भयो । यसैगरी सन् २०१७ मा लिस्ट एमै युएईले नेपालमाथि सात विकेटको जित निकाल्यो । 

See More On

सुझावित समाचार