बलात्कार आरोप लागेका अभिनेता पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ। बिहीबार नवलपुर जिल्ला अदालतमा नाबालिग बलात्कार मुद्दामा अभियोगपत्र दर्ता भएको हो।
एक नाबालिग गायिकाले दिएको जाहेरीपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।