राजर्षि जनक कप : आज पुलिस र नवजनजागृति खेल्दै

बिहिबार, ३ चैत, २०७८
डिजिटल संस्करण

सर्लाहीको बागमतीमा जारी छैटाैँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा बिहीबार नेपाल पुलिस क्लब र सिमराको नवजनजागृति युवा क्लब भिड्ने भएका छन्। दिउँसो ३ बजे हुने खेलमा दुवै टोली उच्च मनोबलका साथ मैदान उत्रँदै छन्।

मोफसलको टिम नवजनजागृतिसमेत निकै राम्रो टोेली रहेकाले खेल निकै प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लबसहित १२ वटा टिमले सहभागिता जनाएका छन्। यसअघि बुधबार भएको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लबले धुव्रतारा  स्पोर्टस् क्लबलाई १–० गोल अन्तरले हराएको थियो।

बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भइरहेको प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख पाँच सय पुरस्कार प्राप्त गर्ने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।

सुझावित समाचार