मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत ३ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ चैत ३ बिहीबार o६:३o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

छैटौँ राजर्षि जनक कप : हिमालयनले  ध्रुवतारालाई हरायो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ चैत ३ बिहीबार o६:३o:oo

सर्लाहीको बागमतीमा जारी छैटौँ राजर्षी जनक कप फुटबल प्रतियोगितामा नेपाल आइस हिमालयन शेर्पा काठमाडौंले विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंले धुव्रतारा  स्पोर्टस् क्लब झापालाई १–० गोल अन्तरले हराएको हो ।

हिमालयन शेर्पाको लागि खेलकोे ६८औँ मिनेटमा सुरेश कुमारले गोल गरे । जितका लागि हिमालयन शेर्पाका खेलाडी कुमारले गरेको गोल नै पर्याप्त बन्यो । खेलको पहिलो हाफमा धुव्रतारा स्पोर्टस्का खेलाडीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । आधा दर्जनभन्दा बढी अवसर सदुपयोग गर्न नसकेको धुव्रतारा  स्पोर्टस्ले अन्ततः हार बेहोर्नुपर्‍यो ।

 हिमालयन शेर्पाका लागि गोल गरेका कुमार म्यान अफ दी म्याच पनि बने । जितसँगै हिमालयन शेर्पा काठमाडाैंले ६ चैतमा हुने क्वार्टरफाइनल खेलमा पिप्ले युवा क्लब हेटौँडासगँको भेट पक्का गरेको छ । बिहीबारको खेलमा विभागीय नेपाल पुलिस क्लब र नवजनजागृति युवा क्लब सिमराबीच भिडन्त हुनेछ । 
 
विजेतालाई १० लाख एक हजार पुरस्कार
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लबसमेत गरी १२ टिम सहभागी छन् । नेपाल पुलिस, एपिएफ, मच्छिन्द्र फुटबल, हिमालयन शेर्पा, न्युरोड टिम, नवजनजागृति युवा सिमरा, सुदूरपश्चिम–११ धनगढी, केबिए ग्लोबल फुटबल, चितवन, धु्रवतारा स्पोटिङ दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका छन् । प्रतियोगिताको विजेताले राजर्षी रनिङ सिल्ड नगद १० लाख एक हजार र उपविजेताले सिल्ड पाँच लाख पाँच सय पुरस्कार 
प्राप्त गर्नेछन् ।