सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार तीन सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच सयमा कारोबार भएको सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार आठ सय तोकिएको छ । जसको मूल्य मंगलबार प्रतितोला एक लाख रुपैयाँ थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ७० मा आएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार नाै सय १६ डलर आसपास कारोबार भइरहेको छ ।