जनताको सुविधाका लागि विकास निर्माणको काम गरिन्छ। सरकारको नियमअनुसार प्रतिस्पर्धाका आधारमा निर्माण व्यवसायी छनाेट गरिन्छ। व्यवसायी छनाेट भएपछि कामका लागि बैंक ग्यारेन्टी राखिन्छ। त्यसको आफ्नै महत्व र अर्थ छ। तर, सोही बैंक ग्यारेन्टीलाई समेत नक्कली बनाएर राज्यको ऐन, कानुन र नियमको धज्जी कोही कसैले उडाउने प्रयास गर्छ भने त्यसलाई तपाईं के भन्नुहुन्छ? भएको यस्तै छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरिएको मुद्दाको विवरणले त्यस्तै गैरकानुनी कार्यको फेहरिस्त सार्वजनिक गरिदिएको छ। सडक कार्यालय दाङअन्तर्गतको ठेक्कामा पेस्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी बिटी/टौदह/फस्कु जेभी काठमाडौंले पेस गरेको बैंक जमानत नक्कली भएको आयोगले उल्लेख गरेको छ।
मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ दाङ घोराही र बोलपत्रदाता बिटी/टौदह/फस्कु जेभीबीच भएको सम्झौताअनुसारको सोनापुर सिमेन्ट कारखाना सडक निर्माणमा राष्ट्रिय वाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रबन्धक रामजनक चौधरीले उपलब्ध गराएको कागजात नक्कली रहेको पाइएको छ। नक्कली कागजात बनाउने प्रबन्धक चौधरीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरअनुसार मागदाबी गरिएको छ।
सो निर्माण व्यवसायीका तर्फबाट तत्कालीन बिटीका निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवाका सञ्चालक अर्जुनबहादुर बुढाथोकी र टौदहका प्रतिनिधि पुन्नबहादुर शाहीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। रासस
बैंक ग्यारेन्टी नै नक्कली बनाएपछि ...
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
३४ करोड कर्जा दुरुपयोगको आरोपमा व्यवसायी बाँनिया पक्राउ
काठमाडौं । ३४ करोड रुपैयाँ कर्जा दुरुपयोगको आरोपमा व्यवसायी दिक्षान्त बाँनिया पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर…
लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डे
काठमाडौं/ सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ। सरकारले लुम्बिनी क्षे…
पत्रकार पक्राउबारे प्रवक्ता भन्छन् – सरकारसँग अनुमति लिएको थिएन
काठमाडौं/ सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको जानकारीविना प्रहरीले पत्रकारलाई छलफल…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू
काठमाडौं/ मंगलबारको मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल…
दुई वटा अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं - मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अन…
गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि साउदी अरबका राजदूतको शिष्टाचार भेट
काठमाडौं । नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद बिन मोहम्मद बिन मुनिखरले आज गृहमन्त्री सुधन गुरुङसँग शिष्टाचार भेटवा…