रंगेली नगरपालिका प्रमुख र उपप्रमुख एमाले प्रवेश

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रबाट निर्वाचित भएका मोरङको रंगेली नगरपालिका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश गरेका छन् । बुधबार रंगेलीमा एमालेले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष केपी ओलीले नगरपालिका प्रमुख दिलीप बगडिया र उपप्रमुख केशवकुमारी खराललाई टीका तथा फूलमालासहित पार्टी प्रवेश गराएका हुन् । 

पटक–पटक सचेत  गराउँदा पनि पार्टी हितमा काम नगरेको भन्दै माओवादी केन्द्रले बगडियालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । तर, उपप्रमुख खराललाई भने पार्टीले कुनै किसिमको कारबाही गरेको थिएन ।  

पहिले कांग्रेसमा आस्था राख्ने इँटाभट्टा व्यवसायी बगडिया सांसदको टिकट नपाएपछि माओवादीमा प्रवेश गरेर रंगेली नगरपालिका प्रमुखमा विजयी भएका थिए ।

पहिले एमालेमा आबद्ध खराल शान्तिप्रक्रियापछि माओवादीमा प्रवेश गरेर उपमेयरमा निर्वाचित भएकी थिइन् ।  
 

सुझावित समाचार