पेय पदार्थ माउन्टेन ड्युले सद्भावनादूत अनुपविक्रम शाहीका साथमा तयार पारिएको विज्ञापन सार्वजनिक गरेको छ । विज्ञापनको छायांकन दुबईस्थित विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा गरिएको छ ।
डरका अगाडि जित छ भन्ने दर्शनमा आधारित विज्ञापनको सुरु बुर्ज खलिफाको माथिल्लो भागबाट हुन्छ, जहाँ अनुपले विश्व रेकर्ड कायम गर्न डरलाग्दो स्टन्ट दिँदै गरेका हुन्छन् । फिल्मले अनुपविक्रम शाहीमा देखा परेको द्विविधा र दृढ संकल्प दुवैलाई कैद गर्छ । अनुपले माउन्टेन ड्युको एक चुस्की लिन्छन् अनि उनको मुहारमा दृढता झल्किन्छ र सबै बाधाहरूलाई पन्छाउँदै बाइकमा बुर्ज खलिफाको टुप्पाबाट डुबुल्की लगाउँछन् ।
विज्ञापनको विषयमा अनुभव सुनाउँदै शाही भन्छन्, ‘बुर्ज खलिफामा छायांकन गर्नु एक रोमाञ्चकारी अनुभव रह्यो, किनकि हामी ब्रान्डका लागि नयाँ उचाइमा पुग्न चाहन्छौँ । मलाई विश्वास छ, नयाँ फिल्मले नेपालका युवाहरूलाई प्रेरित गर्नेछ र उनीहरूले डरको सामना गर्ने आफ्नो आत्मविश्वासलाई जगाएर आइपरेका चुनौती पार गर्न उनीहरूलाई जागृत गराउनेछ ।’
नयाँ विज्ञापनका बारेमा आफ्नो धारणा राख्दै पेप्सीको नेपालका सिनियर मार्केटिङ डाइरेक्टर नसिब पुरीले भने, ‘डरका अगाडि जित छ भन्ने आदर्श वाक्यसँगै माउन्टेन ड्युले सधैँ नै नेपालमा जोखिम मोल्ने र सफलता प्राप्तिका लागि डर तथा आत्मशंकालाई पर धकेल्नेहरूलाई सलाम गर्छ । हामीलाई विश्वास छ, अनुपविक्रमले विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको टुप्पाबाट गरेको जोडदार अभिनय हेरेर नेपालका उपभोक्ताहरू रोमाञ्चित हुनुहुनेछ र उहाँहरू सबैमा डरका अगाडि जित छ भन्ने कुराले बलियो स्थान जमाउनेछ ।’