एमसिसी राष्ट्रिय स्वाभिमान र असंलग्न परराष्ट्रनीतिविपरित : दुर्गा पौडेल

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेलले एमसिसी सम्झौता राष्ट्रिय स्वाभिमान र असंलग्न परराष्ट्रनीतिविपरीत भएको बताएकी छिन्।  संसद् बैठकमा बोल्दै उनले यो विशुद्ध सहयोग नीति नभएको बताइन्। उनले यो इन्डो–प्यासिफिक रणनीति हो भन्ने अमेरिकी अधिकारीले बताउँदै आएकोसमेत बताइन्। 

‘यहाँ सहयोग लिने कुरा ठूलो होइन। यहाँ स्वाभिमान र राष्ट्रहितविपरीतको स्वार्थको सहयोग लिने कि नलिने भन्ने हो,’ उनले भनिन्, ‘सम्झौतामा नेपालको कानुन बाझिएमा सम्झौताकै सर्त मान्ने भनिएको छ। यस्तो सम्झौता संसदबाट पारित गर्नु  दुर्भाग्यपूर्ण हुनेछ। यो आत्मघाती हुनेछ। एमसिसी पूर्णरूपमा खारेज गरिनुपर्छ।’

See More On

सुझावित समाचार