व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने गठबन्धनको निर्णय

आइतबार, १५ फागुन, २०७८
डिजिटल संस्करण

सत्तागठबन्धनको बैठकले एमसिसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ। शीर्ष नेताको बैठकले व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले नयाँ पत्रिकालाई बताए। 

‘व्याख्यात्मक टिप्पणीसहित पास गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ,’ उनले भने, ‘संसदमा आजै प्रक्रिया अगाडि बढ्छ।’ यसअघि बसेको नेकपा माओवादी केन्द्रको बैठकले पनि एमसिसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको थियो।  

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा एमसिसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ। गत आइतबार नै एमसिसी संसदमा पेस भए पनि अनुमोदनको सुनिश्चितता नहुँदा बैठक स्थगन गरेर सैद्धान्तिक छलफल रोकिँदै आएको छ। संसदमा छलफल सकिए आजै वा नभए सोमबारसम्म एसिसी संसदबाट अनुमोदन गराउने सरकारको तयारी छ। 

See More On

सुझावित समाचार