राप्रपामा प्रवक्ता श्रेष्ठसहित विभागीय प्रमुख तोकिए

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी प्रवक्ता मोहन श्रेष्ठलाई प्रचार विभाग प्रमुख मनोनीत गरेका छन् । राप्रपामा श्रेष्ठसहित पाँचजना प्रवक्ताको जिम्मेवारीमा छन् । श्रेष्ठसहित शीर्ष नेताहरूलाई अध्यक्ष लिङ्देनले विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका छन् । 

प्रवक्ता श्रेष्ठले पार्टीको सम्पूर्ण प्रचारप्रसारको कमान्ड सम्हाल्नेछन् । ‘सञ्चारमाध्यमसँग पार्टीको सम्बन्ध सुमधुर बनाउने, पार्टीका सूचना प्रवाह गर्ने र पत्रकारहरूसँग निकट सम्पर्कमा रहेर काम गर्दै आएको छु, यसमा मेरो थप सशक्त भूमिका रहनेछ,’ प्रचार विभाग प्रमुख श्रेष्ठले नयाँ पत्रिकासँग भने । 

राप्रपा महामन्त्री राजेन्द्र गुरुङलाई पार्टीले संयोजित संगठन समन्वय विभाग प्रमुखको जिम्मा दिएको छ । पार्टीका पवक्ताद्वय ज्ञानेन्द्र शाही र गोपाल दाहालले क्रमशः सुशासन विभाग प्रमुख तथा सम्पर्क समाज समन्वय विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास विभागको प्रमुख बनाइएको छ भने लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय विभाग प्रमुख र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुख मनोनीत गरिएको राप्रपाले जनाएको छ ।

सुझावित समाचार