सर्वोच्च अदालतमा स्वचालित पेसी व्यवस्थापन गर्नका लागि गठन भएको समितिले प्रतिवेदन बुझाएको छ। न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले आज कायममुकायम (कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई बुझाएको हो।
सर्वोच्चले विज्ञप्तिमार्फत प्रधानन्यायाधीशसँगको सहमतिअनुसार गत साउन २७ को निर्णयानुसार स्वचालित पेसी व्यवस्थापनका सम्बन्धमा अध्ययन प्रतिवेदनहरूसमेतको अध्ययन गरी सुझाबसहितको प्रतिवेदन पेस गर्ने कार्यदेशसहित गठन भएको प्रतिवेदन समितिले पेस गरेकाे जानकारी दिएको छ।
गत भदौ २ को निर्णयानुसार सर्वोच्च अदालतका न्यायाधीश श्री हरिकृष्ण कार्कीको संयोजकत्वमा नेपाल बार एसाेसियसनलगायतका सरोकारवाला निकायहरूसमेतको प्रतिनिधित्व रहने गरी पुनर्गठन भएको समिति गठन गरिएको थियो। समितिले विस्तृत अध्ययन गरी तयार गरेको प्रतिवेदन आज समितिका संयोजक न्यायाधीश कार्कीले कामु प्रधानन्यायाधीश कार्कीलाई बुझाएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।
