सुक्खा पहिरोका कारण बाग्लुङमा एकजनाको मृत्यु, दुई घाइते

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण
सुक्खा पहिरोका कारण बाग्लुङमा एकजनाको मृत्यु, दुई घाइते

गोठान क्षेत्रमा गएको सुख्खा पहिरो ।

बाग्लुङको बडिगाड गाउँपालिकामा सुक्खा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। बडिगाड– ७ गोठानमा मोटरबाटो विस्तारका क्रममा खसेको सुक्खा पहिरोमा परी स्थानीय ६० वर्षीय गोपीराम कामीको मृत्यु भएको हो।

इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो डोजरले खनेको हेर्न आएका विकको माथिबाट खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विराट पौडेलले बताए। 

पहिरोमा परी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष ३४ वर्षीय दुर्गा विक र ४१ वर्षीय डिलबहादुर विक घाइते भएका छन्। घाइते दुवैजनाको हातमा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान र उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 

सुझावित समाचार