सत्तारुढ चार दलको बैठक सकिएको छ। एमसिसीबारे सहमति जुटाउन बालुवाटारमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो। सत्तारुढ दलको बैठक पुन: भोलि बिहान १० बजे बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए। एमसिसीको विषय सार्वभौम संसदबाट टुंगो लाग्ने बैठकपछि कार्कीले बताए।
बैठकमा गठबन्धन बचाउनुपर्छ भन्नेमा नेताहरूले जोड दिएको एक नेताले बताए। ‘गठबन्धन बचाउनुपर्छ भन्नेमा सबैको जोड छ,’ ती नेताले भने, ‘तर अडान यथावत छ।‘ प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी संसदबाट पारित गर्नुपर्ने अडानमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले परिमार्जन गर्नुपर्ने अडानमा छन्।