अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट समातिए तीन व्यक्ति

बुधबार, ४ फागुन, २०७८
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रूपमा सुन ल्याएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। उनीहरूलाई सुनसहित विमानस्थलबाटै पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ।

विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले यसबारेमा केहीबेरमा जानकारी गराउने बताए। ‘अवैध रूपमा ल्याउँदै गरेको सुनसहित हामीले केहीलाई पक्राउ गरेका छौँ, यसबारेमा थप जानकारी प्रेस विज्ञप्तिमार्फत गराउँछौँ,’ उनले भने।

सुझावित समाचार