केएल टावरमा बिग सेल मेला

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

केएल टावर मल्टिप्लेक्स प्रालिले बिग सेल मेला आयोजना गरेको छ । कम्पनीले ५० प्रतिशतसम्मको छुट योजनासहित मेला आयोजना गरेको हो ।  ४० वटाभन्दा बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्ड रहेको यस मलमा एफ क्युब सिनेमा, पार्टी प्यालेसलगायत अन्य १० वटाभन्दा बढी कर्पोरेट हाउसहरू रहेको कम्पनीले जनाएको छ ।

सेल योजना फागुन १५ गतेसम्म सञ्चालनमा रहने जनाइएको छ । यस अवधिभर इली ब्रान्डको फोन खरिदमा एउटा किन्दा एउटा सित्तैमा, मलमा रहेका लत्ताकपडा, जुत्ता, घडी, चस्मालगायत अन्य विविध सामग्रीहरूमा न्यूनतम २५ देखि ५० प्रतिशतसम्म छुट योजनाहरू राखिएको जनाइएको छ । योजनामा दुई हजारभन्दा बढी फरक–फरक सामानहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । 

सुझावित समाचार