हिमालयन जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शाह

सोमबार, २ फागुन, २०७८
डिजिटल संस्करण

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई नयाँँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । उनले आइतबारदेखि नै कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हालेपछि प्रमुख कार्यकारी अधिकृत शाहले हिमालयन जनरल इन्स्योरेन्सले प्रदान गर्दै आएको निर्जीवन बिमा सेवाले बिमा क्षेत्रलाई नै अनुशासित र मर्यादित बनाउँदै आएको बताए ।

उनले भने, ‘स्पष्ट उद्देश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रूपमा अगाडि बढाउने मैले प्रण गरेको छु ।’ शाह चार वर्षसम्म नेपाल इन्स्योरेन्समा नेतृत्वदायी भूमिका प्रदान गरी हिमालयन जनरल इन्स्योरेन्समा आएको कम्पनीले जनाएको छ । 

यसअघि २८ वर्षदेखि कम्पनीमा सेवा गर्दै आएका सुशील बज्राचार्यले ६ वर्ष ६ महिनाअघिदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दै आएका थिए । बज्राचार्यको कार्यकालमा कम्पनीले निर्जीवन बिमाका ग्राहकलाई पारदर्शी सेवा प्रदान गरी व्यावसायिक छविलाई बलियो बनाउँदै भविष्यका लागि बलियो आधार खडा गर्न सफल भएको कम्पनीले जनाएको छ । 

सुझावित समाचार