राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ। बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारीहरू र प्रदेश समितिका अध्यक्षको सहभागिता रहेको छ।
बैठक समसामयिक राजनीतिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा केन्द्रित हुने बताइएको छ। बैठकमा उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा. धवलशमशेर राणा, भुवन पाठक, कुन्ती शाहीलगायतको पनि उपस्थिति रहेको छ।