बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

बैंक ठगी कसुरमा  १५ लाख जरिवानासहित १० महिना सात दिन कैद सजाय पाएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । 
मोरङको विराटनगर महानगरपालिका– ६ बस्ने ४०  वर्षीय सीताराम  लुइँटेललाई प्रदेश १ को प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा १८ माघमा पक्राउ गरको हो । 

अभियक्त लुइँटेललाई  बैंकिङ कसुरको आरोपमा उच्च अदालत विराटनगरले १० कात्तिक २०७८ मा १० महिना सात दिन कैद र रु. १५ लाख जरिवानाको सजाय सुनाएको थियो । तर, अभियुक्त लुइँटेल अदालतले सजाय सुनाएपछि फरार थिए । प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा बुझाएपछि अदालतले अभियुक्त लुइँटेललाई जेल चलान गरेको छ ।  
 
 

सुझावित समाचार