आगमन कलमा कुरा गर्दा ट्याब्लेट पाइने एनसेलको योजना

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

एनसेलका ग्राहकले आफ्ना परिवार, साथीभाइ र आफन्तहरूले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याब्लेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूसँगको सहकार्यमा यो योजना ल्याएको हो ।

१० दिनसम्म सञ्चालनमा रहने योजनामा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्ने तीनजना ग्राहकले एक–एकवटा फिल्पकेस र टि–पेनसहितको टिसिएल ट्याब टेन एस पाउने कम्पनीले जनाएको छ । ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटका आधारमा तीनजना विजयी ग्राहकको नाम छानिने कम्पनीले जनाएको छ । मलेसियाको डिजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवाप्रदायकको सिमकार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनुका साथै ट्याब जित्ने मौका पाउने उल्लेख गरिएको छ ।

 मलेसियाबाट आउने आगमन कलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुने जनाइएको छ । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहकलगायत अन्य देशहरूबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार