जावा मोटरसाइकलको बिएस–सिक्स मोडल नेपालमा

आइतबार, १६ माघ, २०७८
डिजिटल संस्करण

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिअन्तर्गत जावा मोटरसाइकलले जावा र जावा ४२ को बिएस–सिक्स मोडल बिक्री सुरु गरेको छ । अब बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगन्ज, वीरगन्ज, सुर्खेत, दाङ, बाग्लुङ र धनगढीमा दुवै मोडलका जावा बाइकहरू बुकिङ गर्न सकिने कम्पनी जनाएको छ ।

जावा र जावा ४२ दुवैमा दुई सय ९३ सिसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डिओएचसी इन्जिनको प्रयोग गरिएको छ । दुवै बाइकमा क्रस पोर्ट टेक्नोलोजी पनि समावेश गरिएको छ, जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्यास प्रवाहका लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्छ ।

बिएस–फोर​ कन्फिग्रेसनबराबरको पावर र टर्क उत्पादन गर्ने क्रस पोर्ट व्यवस्था भएको सिंगल सिलिन्डर इन्जिन भएकाले यसले ग्राहकहरूलाई उत्कृष्ट राइडको अनुभव दिने कम्पनीले जनाएको छ । सिटलाई नयाँ सिट प्यानका साथै लामो दूरीमा थप आरामदायी बनाउन कुसनिङका साथ पुनः इन्जिनियर गरिएको छ ।

कस्मेटिक डिपार्टमेन्टमा, क्रोम प्लेटिङ अब उद्योगको मापदण्डको साढे दुई गुणा मूल्यांकन गरिएको कठोर परीक्षणको समर्थनमा आउँछ । दुवै जावा मोडलहरू कन्टिनेन्टलद्वारा (एकल र दोहोरो च्यानल) एबिएसले सुसज्जित क्लास ब्रेकिङ प्रणालीहरूमा उत्कृष्ट हुने क्रम जारी राख्छन् ।

 साथै आफ्ना प्रतिस्पर्धीबीच सबैभन्दा छोटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणका लागि चिनिने पनि गरिन्छ । जावा बाइकका हुडमुनि हर्नको टोनदेखि लिएर स्लिकर गियरबक्ससम्म पनि धेरै सुधारहरू गरिएको छ ।

सुझावित समाचार