अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । संस्थाले प्रतिसेयर एक सय रुपैयाँ दरका नौ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
साधारण सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको संस्थाले जनाएको छ । साधारण सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
हाल अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पुँजी ३० करोड रुपैयाँ, जारी पुँजी २५ करोड रुपैयाँ र चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेकोमा साधारण सेयर जारी गरेपछि चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्ने संस्थाले जनाएको छ ।