कर्मचारीमा कोरोना देखिएपछि रसुवा प्रशासनको सेवा बन्द

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सोमबार एक सूचना जारी गर्दै सोमबारदेखि शुक्रबारसम्म सेवा स्थगित गरिएको जानकारी दिएका छन्।

सेवा प्रदायकका रूपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालयको नागरिकता, संघसंस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटतर्फका सम्पूर्ण सेवा बन्द गरिएको उनले बताए। शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवाहरू भने नियमित हुने कार्यालयले जनाएको छ।

सुझावित समाचार