कोरोनाका कारण गोरखाका दुई पालिकाको सेवा बन्द

सोमबार, १० माघ, २०७८
डिजिटल संस्करण

कोरोना भाइरसबाट कर्मचारीहरू संक्रमित भएपछि गोरखाको पालुङटार नगरपालिका र धार्चे गाउँपालिकाले सेवा बन्द गरेका छन्। एक सूचना जारी गर्दै पालुङटार र धार्चेले सम्पूर्ण सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन्।

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएकाले संक्रमणदर नियन्त्रण गर्न गाउँपालिका केन्द्र माछाखोला १० देखि १४ गतेसम्म सिल गर्ने निर्णय भएको पालिकाले जनाएको छ। यस अवधिभर पालिकाभित्रका आन्तरिक कामकाजबाहेक सम्पूर्ण सेवा प्रवाह बन्द हुनेछ। तर, औषधि पसल र मेडिकल २४सै घन्टा तथा खाद्यान्न पसलहरू बिहान ७ देखि ९ बजे र बेलुका ५ देखि ६ बजेसम्म खुला हुने गाउँपालिकाले जनाएको छ।

त्यस्तै, पालुङटार नगरपालिकाले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ। पालिकाभित्रका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएकाले सेवाग्राहीलाई मध्यनजर गर्दै ९ र १० गते अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ।
 

सुझावित समाचार