राष्ट्रिय वाणिज्य बैंक सिराहाका ६ कर्मचारीमा कोरोना संक्रमण

आइतबार, ९ माघ, २०७८
डिजिटल संस्करण

राष्ट्रिय वाणिज्य बैंकको सिराहा शाखाका कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। सदरमुकामस्थित शाखाका प्रबन्धकसहित ६ कर्मचारीमा संक्रमण देखिएसँगै सेवा ठप्प गरिएको छ।

शाखाले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाएको छ। सो शाखाको सेवा बन्द भएपछि बैंकले सेवाग्राहीलाई जिल्लाको अर्को शाखा वा मोबाइल बैंकिङ, एटिएम कार्ड प्रयोग गरी बैंकिङ सेवा लिन शाखा प्रबन्धक शिव शंकर यादवले आग्रह गरेका छन्।

अहिले आफूहरूलाई सामान्य ज्वरो, रुघाखोकी देखिएको भन्दै यादवले नोट कोष यही शाखामा रहेकाले एक कर्मचारीलाई ड्युटीमा राखिएको जानकारी दिएका छन्। नगद जग्गा र नगद भुक्तानीबाहेक मोबाइल बैंकिङ, एटिएममा आइपर्ने समस्या र चेक क्लियरेन्सजस्ता काम भने सञ्चालन हुने बैंकले जनाएको छ।

सुझावित समाचार