यामाहा मोटरसाइकलका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैँलाई लक्षित गरी सञ्चालनमा ल्याएको दसैँ स्किम ‘रेस फर द एस’को विजेता इटहरीका इन्द्रनारायण चोङबाङ भएका छन् । नेपालभरिबाट लक्की ड्रमार्फत बिजेताहरू छनोट गरिएकोमा विजेता बनेका चोङबाङले तिरुपति अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक किनेका थिए ।
योजना भदौ १५ बाट सुरु भएर मंसिर १४ सम्म सञ्चालन भएको थियो । नौ हप्तासम्म चलेको योजनामा यामाहाको जुनसुकै बाइकको खरिदमा ग्राहकलाई आठ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म छुट दिइएको थियो । त्यसैगरी, स्किम अवधिभरि बाइक खरिद गर्ने ग्राहकमध्ये हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर विजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । प्रत्येक हप्ताका एस कार्ड विजेताहरूलाई चार तोला सुन र बम्पर विजेतालाई १२ तोला सुन पुरस्कारस्वरूप प्रदान गरिएको थियो ।