नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ)मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् । पराजुलीले आइतबारबाट कार्यभार सम्हालेका छन् ।
पराजुलीले आफ्ना विगतका अनुभवलाई आधार मानी थप कार्य क्षमता प्रस्तुत गर्ने प्लेटफर्मका रूपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल साबित गर्न लागिपर्ने उनको प्रतिबद्धता थियो ।
नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको भन्दै पराजुलीले यसलाई अवसर र त्यसभन्दा बढी चुनौतीका रूपमा लिएको बताए । उनले भने, ‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छविलाई हरेक सूचकांकमा अझ बलियो साबित गर्नुपर्ने चुनौती रहेको छ ।’ पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत रहेको जनाइएको छ ।