केन्द्रीय समिति बैठकमा सहभागी हुन पाउनुपर्ने कांग्रेस प्रदेश सभापतिहरूको माग

सोमबार, १९ पुष, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै कांग्रेस प्रदेश सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । सोमबार पार्टी कार्यालय सानेपा पुगेर प्रदेश सभापतिले पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् । 

‘नेपाली कांग्रेसको विधानअनुसार संघीयताका आधारमा गठन भएको प्रदेश कार्यसमितिका सभापतिहरूलाई केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन पाउने वैधानिक व्यवस्था गरी पाउन अनुरोध गर्दछौँ’, सातै प्रदेशका सभापतिहरूले हस्ताक्षर गरेको पत्रमा भनिएको छ । 

यस्ताे छ अनुराेध पत्र : 

सुझावित समाचार