भारतीय तीर्थस्थलमा भागदौड हुँदा १२ जनाको मृत्यु

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण

दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका वेला शनिबार बिहानै भारतीय धार्मिकस्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।  

भारत प्रशासित कस्मिरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब २:१५ बजे १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन् र घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । खासगरी भारतीय हिन्दूहरूले विशेष महत्वको धार्मिक स्थलका रूपमा मान्ने यहाँ हरेक वर्ष लाखौँ मानिसहरूले वैष्णोदेवीको दर्शन गरी पूजाअर्चना गर्दछन् ।  

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना दिएका छन् । मृतकका आफन्तलाई भारतीय दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार राहतस्वरूप दिइने भएको छ । घटनाप्रति विभिन्न दलका नेता, सरकारी अधिकारी तथा सर्वसाधारणले  सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन् । 

See More On

सुझावित समाचार