जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा खोजेका छन् : राजेन्द्र लिङ्देन

बिहिबार, १५ पुष, २०७८
डिजिटल संस्करण

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउन लायक नभएको टिप्पणी गरेका छन् । राप्रपा दोलखाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लिङ्देनले देशमा राप्रपाको विकल्प नभएकोमा जोड दिए । 

राप्रपाले विगतमा ठीक ढंगले जनतालाई बुझाउन नसक्दा एमाले, कांग्रेस र माओवादी आकारमा मात्र ठूलो पार्टी भएको उनको जिकिर छ । लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा नै खोजेको बताए । 

उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरूलाई पार्टीमा आउन आह्वान गरे । राप्रपामा आउने सबैलाई योग्यता, क्षमताअनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनको भनाइ छ ।

सुझावित समाचार