नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा गरेको हो। यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय उपाधिसमेत हो।
यसअघि बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणको उक्त च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा पहिलो ऐतिहासिक स्वर्ण पदक जितेको थियो। नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० ले जित्न सफल भयो। नेपालले पहिलो सेट २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा उज्वेकिस्तान विजयी भयो। उज्वेकिस्तान २६–२४ ले विजयी भयो।
त्यसैगरी तेस्रो सेटमा नेपालले २५–१५ ले जित्यो। चौथो सेट उज्वेकिस्तानले २५ –२२ ले जित्दा खेल २–२ को स्थितिमा आयो। त्यसपछि खेलको पाँचौँ तथा निर्णायकमा नेपाले १५–१० ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो।
लिग चरणमा भने नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। अपराजित रहेको नेपालले लिग चरणमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो। यही पुस ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको महिलातर्फ आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको थियो। रासस
एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई
पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे
३ हप्ता अघि
तेस्रो संस्करणको एनपिएलमा डिआरएस प्रयोग हुने
३ हप्ता अघि
सुझावित समाचार
सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोली घोषणा
काठमाडौं। कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय…
पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स दोस्रो र तेस्रो सिजनको पुछारमा
काठमाडौं - नेपाल प्रिमियर लिगएनपिएल)को पहिलो सिजनमा धमकेदार प्रदर्शन गदैै बिजेता बनेको जनकपुर बोल्ट्स त्यसपछिको सिजनमा दर्शकला…
पोखरासँग काठमाडौं ५५ रनले पराजित, अब इलिमिनेटरमा चितवनसँग भिड्ने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा काठमाडौं गोर्खाज पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएको छ। य…
भुर्तेल र सामराको विस्फोटक ब्याटिङमा काठमाडौंलाई २२५ रनको लक्ष्य
काठमाडौं/ तेस्रो नेपाल प्रिमियर लिगअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको विशाल लक्ष्…
कुशल भुर्तेल ९९ रनमा आउट
काठमाडौं/ नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउनबाट चुकेका छन्…
सामरासँगै भुर्तेलको पनि अर्धशतक
काठमाडौं/ नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्…