एक व्यक्ति एक पदको माग गर्दै लोसपा कार्यकर्ता शान्तिपूर्ण धर्नामा

सोमबार, १२ पुष, २०७८
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्लाका नेता तथा कार्यकर्ताले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लामा पदाधिकारी चयन गरेको भन्दै सोमबार पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले शान्तिपूर्ण धर्ना दिएका हुन्।

धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता विन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णयलाई सच्याउन माग गरिन्। उनले एक व्यक्ति एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्नेमा जोड दिइन्।

‘हाम्रो अध्यक्षज्यूबाट जुन खालकाे निर्णय भयो, जस्तै प्रदेश अध्यक्षमा र जिल्ला अध्यक्ष, प्रदेश सचिव, जिल्लाको पर्यवेक्षक तथा अन्य मनोनीत पदमा हाम्रै साथीहरूलाई नियुक्ति गर्नुभएको छ। याे निर्णयप्रति हाम्रो आपत्ति हो। धेरै साथीहरू उहाँको निर्णयबाट असन्तुष्ट हुनुहुन्छ। निर्णयलाई सच्याउनुस्। वान म्यान वान पोस्टको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउने खालका निर्णयहरू गर्नुस्। पार्टीमा मनोमानी किसिमले मनोनीत गर्न मिल्दैन,’ ठाकुरले भनिन्।

सुझावित समाचार