फ्रेन्ड्समाथि एपिएफको सानदार जित

मंगलबार, ६ पुष, २०७८
डिजिटल संस्करण

विभागीय टोली नेपाल एपिएफले सहिद स्माकर ए डिभिजन लिग फुटबल प्रतियोगिताको पाँचौँ चरणमा स्पष्ट तीन अंक बटुलेको छ । दशरथ रंगशालामा फ्रेन्ड्समाथि ३–१ को सानदार जित निकाली एपिएफले पहिलोपटक तीन अंक बटुल्न सफल भएको हो । यसअघि चौथो चरणसम्म जितविहीन एपिएफका लागि पाँचौँ चरणमा आशिष लामाले दुई गोल गरेका हुन् । 

सोमबारको जितले लिगमा एपिएफले तीन स्थान सुधार गरेको छ । चार अंकका साथ एपिएफ लिगको ११औँ स्थानमा उक्लेको हो । यससँगै एपिएफले रेलिगेसन क्षेत्र छाडेको छ । पराजयपछि फ्रेन्ड्स भने दुई अंकका साथ लिगको पुछार अर्थात् १४औँ स्थानमा छ । च्यासल युथ क्लब चार अंकका साथ १३औँ स्थानमा छ । जावलाखेल लिगको १२औँ स्थानमा छ । चौथो चरणसम्म अंक तालिकाको औसत स्थानमा रहेको च्यासल र फ्रेन्ड्सले पाँचौँ चरणमा हार व्यहोर्दा रेलिगेसन क्षेत्रमा धकेलिएका हुन् । 

पाँचाैँ चरणमा रमाइलो पक्ष के रह्यो भने हिमालयन शेर्पा, जावलाखेल र एपिएफले पहिलोपटक विपक्षी टोलीलाई हराए । यही चरणमा लिग इतिहासमै पहिलोपटक खेल काठमाडौंबाहिर भयो । पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबले घरेलु मैदानका रूपमा प्रयोग ग¥यो । मनाङ सर्वाधिक १३ अंकका साथ शीर्ष स्थानमा छ ।

साबिक विजेता मच्छिन्द्र र उपविजेता त्रिभुवन आर्मीले पाँचौँ चरणमा एक–एक अंक बटुले । ११ अंक जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ । संकटा कठिन प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हराउँदै चौथो स्थानमा उक्लियो । थ्री स्टार र न्युरोड टिमले एक–एक अंक जोडे ।

See More On

सुझावित समाचार