प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट, सर्वदलीय बैठक बोलाउनेबारे छलफल

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

सदन सुरु गराउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटका क्रममा सदन सुरु गराउनेलगायत अन्य महत्वपूर्ण विषयमा छलफल भएको बताइएको छ। एमालेले अवरोध गर्दै आएको सदन सुरु गर्ने र राष्ट्रिय मुद्दाहरूमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनेजस्ता विषयमा छलफल भएको हो।

नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित देउवा तथा नवनिर्वाचित अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना दिन प्रचण्ड बालुवाटार पुगेका थिए। भेटका क्रममा प्रचण्डले क्रिकेट खेलाडीमाथि भएको कारबाहीबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सुझावित समाचार