ह्वावेले यस वर्षको सिड्स फर द फ्युचर कार्यक्रम उद्घाटन गरेको छ । ह्वावेले आफ्नो ग्लोबल फ्ल्यागसिप कार्यक्रमअन्तर्गत नेपालका आइसिटीसम्बन्धी स्नातक तहका विद्यार्थीका लागि यो कार्यक्रम सुरु गरेको हो । सिड्स फर द फ्युचर पहिलोपटक थाइल्यान्डमा २००८ बाट सुरु भएको थियो । त्यसपछि एक सय ३० देश र क्षेत्रबाट नौ हजारभन्दा बढी विद्यार्थीले कार्यक्रममा सहभागी जनाइसकेका छन् ।
६ अक्टोबर र ७ नोभेम्बरबीच ह्वावेले आफ्नो आवेदन पोर्टल सिड्स नेपाल डटकममा नेपालबाट एक सय ३६ आवेदन प्राप्त गरेको थियो । जुन सबै स्नातक विद्यार्थीका लागि खुला थियो । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि प्रतिष्ठित आइसिटी प्रोफेसरहरू मिलेर बनेको फ्युचर सेलेक्सन कमिटीले २० स्नातक विद्यार्थी छनोट गरेको छ । जसमा काठमाडौं उपत्यकाबाहिरका चारजना छन्, जसले आठ दिने
अनलाइन प्रशिक्षणमा भाग लिनेछन् । उनीहरूले घान्द्रुकमा ह्वावेले निर्माण गरेको स्टेसन भ्रमण गर्नेछन् भने उद्योग विशेषज्ञको कक्षामा उपस्थित हुन पाउनेछन् । उनीहरूले विश्वव्यापी प्रतिस्पर्धामा भाग लिने मौका पनि पाउनेछन् । उक्त प्रतिस्पर्धाबाट २० हजार अमेरिकी डलरसमेत जित्न सकिनेछ ।