चिनियाँ पत्रकारमाथि पश्चिमको वक्रदृष्टि

मंगलबार, ७ मंसिर, २०७८
डिजिटल संस्करण

दोहोरो मापदण्ड भन्नुस् वा पश्चिमी मिडियाको अव्यक्त नियम, अमेरिका र बेलायतका मिडियाले चिनियाँ पत्रकार तथा प्राज्ञमाथि भइरहेको अनुसन्धान, नियन्त्रण, निष्कासन र भिसा खारेजीको खबरलाई समाचारलायकसमेत ठान्दैनन् 


अगस्ट महिनाको अन्तिमतिर अमेरिकाको युएस जस्टिस डिपार्टमेन्ट (न्याय मन्त्रालय) ले सिङ टाओ पत्रिकाका पाँच अमेरिकी संस्करणलाई विदेशी एजेन्टका रूपमा दर्ता गर्न भन्यो । सिङ टाओ हङकङबाट प्रकाशित हुने सबैभन्दा पुरानो चिनियाँ भाषाको पत्रिका हो । चर्चित हकङकङेली पत्रकार तथा लेखक नुरी भिटाचीले अमेरिकी न्याय मन्त्रालयको यस निर्णयलाई हास्यास्पद बताए । म आफैँ पनि सिङ टाओको क्यानेडेली संस्करणको ग्राहक हुँ । म यो पत्रिका नियमित पढ्छु, तर हालसम्म यसमा त्यस्तो खतरनाक कुरा पाएको छैनँ । त्यसो भए यसको अमेरिकी संस्करणचाहिँ पूर्णतः फरक होला त ? तिनमा प्रकाशित सामग्रीलाई अमेरिकी अधिकारीले किन चिनियाँ गुप्चतर निकायद्वारा प्रयोजित चिनियाँ राज्यको प्रोपोगान्डा ठान्यो ? यसबारे धारणा बनाउनुअघि केही घटनामा ध्यान दिनु आवश्यक हुन सक्छ । 

भिटाचीले उनको युट्युब च्यानल ‘फ्राइडे–एभ्री डे’मा पश्चिमी राज्यले चिनियाँ पत्रकार तथा प्राज्ञहरूमाथि गर्ने सेन्सरसिप र देश निष्कासनका दृष्टान्त प्रस्तुत गरेका छन् । भिटाचीका अनुसार यस प्रकरणको सबैभन्दा अनौठो पक्ष के हो भने चिनियाँ पत्रकार तथा प्राज्ञप्रति पश्चिमी मुलुकले गरेका विभेदका खबर कहीँ–कतै पढ्न वा सुन्न पाइँदैन । अमेरिकाले चिनियाँ पत्रकारहरूका लागि ९० दिनको भिसा दिने गथ्र्यो । तर, अघिल्लो वर्षको मेदेखि यो भिसा नवीकरण गर्न बन्द गरिएको छ । गत साता चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भर्चुअल वार्तामा पनि यो विषय उठेको थियो । दुई नेताले आआफ्ना मुलुकमा काम गर्ने अर्को देशका पत्रकारमाथिको कडाइ खुकुलो बनाउने सहमति जनाएका थिए । 
गत वर्ष अस्ट्रेलियाले चेन होङ र ली जियानजुनको भिसा रद्द ग¥यो । होङ सांघाईस्थित इस्ट चाइना नर्मल युनिभर्सिटीको अस्ट्रेलियन स्टडिज सेन्टरका निर्देशक हुन् । त्यस्तै जियानजुन बेइजिङ फरेन स्टडिज युनिभर्सिटीअन्तर्गतको अस्टे«लियन स्टडिज सेन्टरका निर्देशक हुन् । जुन महिनामा अस्ट्रेलियाको गुप्तचर एजेन्सी ‘अस्ट्रेलियन सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसन’का एजेन्टले सिन्ह्वा न्युज एजेन्सीका सिड्नी ब्युरोका पूर्वप्रमुखको घरमा छापा मारे । छापा मार्दा ती पूर्वप्रमुखकी सानी छोरी घरमै थिइन्, जो एजेन्टका हर्कतबाट निकै त्रस्त भइन् । एजेन्टहरूले घरमा रहेका विद्युतीय उपकरण लिएर गएका थिए । तर, अनुसन्धानमा कुनै खराबी भेटिएन । अनुसन्धान यतिमा सीमित रहेन । अस्ट्रेलियन गुप्तचरहरूले ‘चाइना न्युज सर्बिस (सिएनएस)’ का अस्ट्रेलियन ब्युरो प्रमुख टाओ सेलन र ‘चाइना रेडियो इन्टरनेसनल (सिआरआई)’ का सिड्नी ब्युरो प्रमुख ली दायोङमाथि पनि अनुसन्धान गरे । 

यही व्यवहार चीनमा भएको भए यसलाई राज्यको ज्यादती भनेर ठूलो आलोचना हुने थियो र अन्तर्राष्ट्रिय रूपमा भत्र्सना गरिने थियो । गत वर्ष ब्रिटेनमा तीन चिनियाँ पत्रकार समातिए । फेब्रुअरीमा चीनको सरकारी प्रसारण संस्था सिजिटिएनको सञ्चालन इजाजतपत्र बेलायतले खारेज गरिदियो । चिनियाँ भएकैले उनीहरू जासुस वा अपराधी हुनुपर्छ भन्ने तिनको ठम्याइ देखियो । तर, पश्चिमी मिडियाकर्मीसँग हुने व्यवहारको अलग प्रतिक्रिया हुन्छ । 

चर्चित ब्रिटिस प्रकाशन ‘द इकोनोमिस्ट’सँग आबद्ध अस्ट्रेलियन नागरिक सेन–लिन वङलको हङकङको भिसा नवीकरण नहुँदा मात्र ठूलो हलचल उत्पन्न भयो । उनी ठूलो कूटनीतिक तथा अन्तर्राष्ट्रिय समाचारका रूपमा पश्चिमी मिडियामा छाए । पश्चिमी मिडियाहरू आफूमाथि भएका हर्कत पूरा संसारलाई सुनाउने गर्छन् । तर, यहाँ दोहोरो मापदण्ड स्पष्ट देखिन्छ । अमेरिका र बेलायतका प्रमुख मिडियाले चिनियाँ पत्रकार तथा प्राज्ञमाथि भइरहेको अनुसन्धान, नियन्त्रण, निष्कासन र भिसा खारेजीको खबरलाई समाचारलायकसमेत ठानिरहेका छैनन् । (विगत २५ वर्षदेखि पत्रकार रहेका एलेक्स लो हङकङ र बाँकी चीनलाई प्रभावित बनाउने प्रमुख मुद्दाबारे लेख्छन् ।) साउथ चाइना मर्निङ पोस्टबाट

सुझावित समाचार