नेप्सेमा दोहोरो अंकको गिरावट

आइतबार, ५ मंसिर, २०७८
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट भएको छ। कारोबारको सुरुवातसँगै घटेको सेयर बजार कारोबारको अन्तिम समयमा आएर ११.६० अंकले घटेर बजार बन्द भएको हो।

आज नेप्से परिसूचक ११.६० अंकले घटेर दुई हजार ७५७.५३ अंकमा झरेको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्ससमेत ३.७५ अंकले घटेर ५१८.२५ अंक कायम भएको छ।आइतबार कारोबारमा आएका २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब ३५ करोड ७३ लाख ९ हजार ३१९ रुपैयाँबराबरको कारोबार भएको छ।

आज कारोबार भएकामध्ये ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य गिरावट आएको छ। बाँकी १४ कम्पनीको मूल्य स्थिर रह्यो। १३ उपसमूहमध्ये हाइड्रोपावर र उत्पादन उपसमूहको मात्र सेयर मूल्य बढेको छ। आज मानुषी लघुवित्त वित्तीय संस्था र नारायणी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भयो। आज सबैभन्दा धेरै सेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी, आइसिएफसी फाइनान्स, प्रिमियम इन्स्योरेन्सलगायत रहेका छन्।

See More On

सुझावित समाचार