भोलिबाट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका केही मुद्दा पनि हेर्ने

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण
भोलिबाट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका केही मुद्दा पनि हेर्ने

तस्बिर : रासस

सर्वोच्च अदालतका न्यायाधीशहरूले शुक्रबारबाट बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पनि हेर्ने भएका छन्। बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट) पछि  बन्दी प्रत्यक्षीकरणबाहेक तामेली, फैसला संशोधनका मुद्दा पनि हेर्ने भएका हुन्।

फुलकोर्ट बैठकमा सहभागी एक न्यायाधीशका अनुसार शुक्रबारबाट न्यायाधीशहरूले तामेली र फैसला संशोधनका मुद्दा सबै न्यायाधीशले हेर्नेछन। फुलकोर्ट बैठकले गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिकासमेत पारित गरेको छ।

सुझावित समाचार