अदालतको विकृतिको जरो प्रधानन्यायाधीश जबरा : बार उपाध्यक्ष थापामगर

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले अदालतको विकृतिको जरो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रहेको बताएका छन्। बारले गरेको धर्नापछिको कार्यक्रममा बोल्दै उपाध्यक्ष थापामगरले न्याय पाउन अदालत छिर्ने अवस्था नरहेको बताए।

अदालतलाई न्यायको मन्दिरका रूपमा उल्लेख गर्दै उनले भने, ‘न्यायका उपभोक्ता न्याय पाउँछु भनेर अदालत छिर्ने अवस्था रहेन। फैसला खोजेको होइन, न्याय खोजका हुन् नागरिकले। अदालतको विकृतिको जरो प्रधानन्यायाधीशकोमा छ।’

यसैगरी बारका महासचिव लीलामणि पौडेलले गरिब जनताले न्याय पाउने दिन छिट्टै आउने भन्दै सहयोगका लागि सेवाग्राहीसँग आग्रह गरे। ‘हाम्रो आन्दोलन खालि खुट्टा र टोपी फाटेकाका लागि हो,’ उनले भने, ‘भोलि गरिबले न्याय पाउने दिन आउँछ। सेवाग्राहीहरू सहयोग गरिदिनुहोस्।’

सुझावित समाचार