नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको बेन्चमा नबस्न न्यायाधीशहरूलाई आग्रह गरेको छ। बारले न्यायाधीशहरूलाई पत्रमार्फत प्रधानन्यायाधीशको बेन्चमा नबस्न आग्रह गरेको हो।
‘नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गरी बेन्चमा नबस्न, बेन्च नतोक्न भनी माग गरिरहेको र निजले सम्मानित संस्था र सम्मानित पदको दुरुपयोग गरी समग्र न्यायपालिकाको गरिमा, जनआस्था धुलिसात पारेकाले सबैको विश्वास गुमाएको निजले तोकेको बेन्चमा बसी सुनुवाइ नगर्नुहुन निर्णायनुसार हार्दिक अनुरोध गर्दछौँ,’ बारको पत्रमा उल्लेख छ।